शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

बैशाखभित्र आवश्यक मल ल्याउँछौँ, देशमै मल कारखाना खोल्न अध्ययन गर्दैछौँ : कृषिमन्त्री

आइतबार, पुस १८ २०७८
बैशाखभित्र आवश्यक मल ल्याउँछौँ, देशमै मल कारखाना खोल्न अध्ययन गर्दैछौँ  : कृषिमन्त्री

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र/बैशाखभित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने बताएका छन्।

मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको बताए। 

आइतबार सिंहदरबारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए। त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाई थियो।

मन्त्री यादवले किसानको मागअनुसार मल आपूर्तिका लागि ऐन, कानून संशोधन गरेर अघि बढ्ने जानकारी दिए। उनले भने, ‘मलको समाधान भनेको कारखानानै हो। कारखानाका लागि लगानी बोर्डमा प्रस्तावहरु आइरहेका छन्। हामी उपयुक्त कम्पनीको खोजी गरेर मल कारखाना नेपालमै स्थापना गर्ने प्रयास गरिएको छ। अन्तराष्ट्रिय बजारमा अभाव भएकाले तत्काललाई मलको व्यवस्था हुन नसके पनि आगामी चैत्र, बैशाखभित्र मलको पर्याप्त व्यवस्था हुन्छ।’

मन्त्री यादवले उखु किसानले ४५ दिनभित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको दाबी गरे। उखु किसानले मिललाई उखु दिएको ४५ दिनभित्र अनलाइन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनको दाबी थियो।

मन्त्री यादवले किसानलाई बीउविजनको अभाव हुन नदिन पनि सरकार सचेत रहेको बताए।


प्रकाशित : आइतबार, पुस १८ २०७८१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend