सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जैविक मल उत्पादन गर्न भैँसीपालन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ६ २०८१
जैविक मल उत्पादन गर्न भैँसीपालन

मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताएका छन्।

झापा- जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका-३ मा स्थापना भएको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ।

झापामा जैविक तरकारीखेती गर्ने किसानको संख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ। मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताएका छन्।

'प्राङ्गरिक मल बनाउन गोबर नभइ हुँदैन', उनले भने, 'भैँसीको मलमूत्र दुवै उपयोगी हुन्। गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो',  उनले भने। 

सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गारिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए। रासस


प्रकाशित : आइतबार, साउन ६ २०८११०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend