शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतिकुल परिस्थितिबीच सुजुकीको कार बिक्री दोहोरो अंकले बढ्यो

सोमबार, पुस १९ २०७८
प्रतिकुल परिस्थितिबीच सुजुकीको कार बिक्री दोहोरो अंकले बढ्यो

२०२० मा मारुती सुजुकीले भारतमा १२ लाख १४ हजार कार बिक्री गरेकोमा २०२१ मा १३ लाख ९७ हजार वटा बिक्री गरेको कम्पनीले जनाएको छ।

काठमाडौं- भारतमा सबैभन्दा धेरै कार बिक्री गर्ने मारुती सुजुकीको कार बिक्री गत वर्ष दोहोरो अंकले बढेको छ। २०२१ मा मारुती सुजुकीको भारतमा होलसेल बिक्री अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढेको हो। 

२०२० मा मारुती सुजुकीले भारतमा १२ लाख १४ हजार कार बिक्री गरेकोमा २०२१ मा १३ लाख ९७ हजार वटा बिक्री गरेको कम्पनीले जनाएको छ। २०२१ को डिसेम्बरमा मारुती सुजुकीले भारतमा १ लाख ५३ हजार १ सय ४९ वटा कार बिक्री गरेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत कम हो। 

सुजुकीका साना कार अल्टो र एसप्रेसोको बिक्री भने उल्लेख रुपमा घटेको छ। गत वर्षको डिसेम्बरको तुलनामा यी दुई कारको बिक्री २०२१ को डिसेम्बरमा ३५ प्रतिशतले घटेर १६ हजार ३ सय २० वटा बिक्री भएको छ। २०२१ को डिसेम्बरमा यी दुई कार २४ हजार ९ सय २७ वटा बिक्री भएको थियो। 

स्वीफ्ट, सेलेरियो, इग्निस, बोलेनो र डिजायरको बिक्री पनि २०२० को डिसेम्बरको तुलनामा २०२१ डिसेम्बरमा ११ प्रतिशतले घटेर ६९ हजार ३ सय ४५ वटा बिक्री भएको हो। अघिल्लो वर्ष ७७ हजार ६ सय ४१ वटा बिकेको थियो। 

२०२१ डिसेम्बरमा सुजुकीको भिटारा ब्रेजा, एस–क्रस र इर्टिगाको बिक्री भने ५ प्रतिशतले बढेर २६ हजार ९ सय ८२ वटा बिक्री भएको हो। २०२० डिसेम्बरमा भने यही सेगमेन्टका कार २५ हजार ७ सय १ वटा बिक्री भएको थियो। 

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीका कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। सुजुकीका कार नेपाली कार उपभोक्तामा रोजाइमा पर्ने गरेको छ। 


प्रकाशित : सोमबार, पुस १९ २०७८१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend