सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कृषि सामग्री कम्पनीले भन्यो - धनुषा र महोत्तरीमा मल अभाव छैन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३ २०८१
कृषि सामग्री कम्पनीले भन्यो - धनुषा र महोत्तरीमा मल अभाव छैन

धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

जनकपुरधाम- धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ।

दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्रीवितरण हुने प्रावधान छ। सोहीअनुसार मल वितरण गरेको उनले जानकारी दिए। हाल युरिया नौ सय मेट्रिक टन, डिएपी मल ८४ मेट्रिक टन तथा  पोटास ५८ मेट्रिक टन मौज्दात छ। 

कृषि सामग्री कम्पनीबाट धनुषा र महोत्तरीका २७ पालिका अन्तर्गत दुईसय नौवटा  सहकारी संस्थामार्फत मल बिक्री भइरहेको छ। भारतसँग सीमा जोडिएका पालिकाका किसानले भने भारतीय बजारबाट मल खरिद गर्ने गरेको किसानले जनाएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ४० लाख ८३ हजारको १२ हजार चार सय मेट्रिक टन मल बिक्री गरेको जनाएको छ। उक्त आवमा ११ करोड ५५ लाख ४१ हजारको ९२ दशमलव ५५ मेट्रिक टन युरिया, २३ करोड ७८ लाखको एक सय ५० मेट्रिक टन डिएपी तथा ७० लाख ८४ हजारको पाँच हजार ९६ मेट्रिक टन पोटास र ६ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिक टन चुन बिक्री भएको छ।

धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३ २०८१०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend