शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतमा प्यासेन्जर कारमा टाटा दोस्रो

आइतबार, पुस १८ २०७८
भारतमा प्यासेन्जर कारमा टाटा दोस्रो

काठमाडौं- भारतीय प्यासेन्जर कार बजारमा टाटा दोस्रो स्थानमा उक्लिएको छ। २०२१ को डिसेम्बरमा टाटाले यसअघि दोस्रो स्थानमा रहँदै आएको हुन्डाईलाई उछिनेको हो। 

यसका साथै टाटाले २०२१ को डिसेम्बरमा हालसम्मकै सवार्धिक धेरै कार बिक्री गर्न सफल भएको हो। भारतीय बजारमा टाटा मोटर्सले २०२१ को डिसेम्बरमा ३५ हजार ३ सय वटा कार बिक्री गरेको छ।

जबकी हुन्डाईले सोही महिना ३२ हजार ३ सय १२ वटा कार बिक्री गरेको हो। टाटाले २०२१ को अक्टोबर-डिसेम्बरमा ९९ हजार कार बिक्री गर्दा २०२१ भरमा ३ लाख ३१ हजार कार बिक्री गर्न सफल भएको छ। 

सेमिकन्डक्टर अभावलगायत विविध कारणका बावजुत टाटा मोटर्सको प्यासेन्जर बिजनेस युटिनले केही महत्वपूर्ण उपलब्धिहरु हात पारेको कम्पनीले जनाएको छ। 

यता हुन्डाईले पनि सेमिकन्डक्टरको अभावका कारण कार उत्पादनमा कमी आएको जनाएको छ। हुन्डाईले भने आफ्नो कार बिक्री कमी आएको नभइ बिक्री वृद्धि भने आपूर्ति समस्याका कारण हुन नसकेको उल्लेख गरेको छ। गत वर्षको तुलनामा २०२१ मा हुन्डाईको भारतीय कार बजारमा बिक्री १९.२ प्रतिशतले बढेको जनाएको छ। 

टाटाले डिसेम्बरमा भारतमा २ हजार २ सय ५५ वटा विद्युतीय सवारी बिक्री गरेको छ। अक्टोबर-डिसेम्बरको अवधिमा टाटाले ५ हजार ५ सय ९२ वटा विद्युतीय कार बिक्री गरेको थियो। यो क्वाटरमा प्यासेन्जर कारमा विद्युतीय सवारीको हिस्सा ५.६ प्रतिशत रहेको छ। 


प्रकाशित : आइतबार, पुस १८ २०७८०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend