सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बंगुर, बाख्रा र कुखुरापालनबाट वार्षिक २० लाखसम्म आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ३० २०८१
बंगुर, बाख्रा र कुखुरापालनबाट वार्षिक २० लाखसम्म आम्दानी

उनले वार्षिक १५-२० लाख आम्दानी गर्दै आएको बताए।

तुलसीपुर- तुलसीपुर-४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन्। उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर-४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन्। 

उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन्। करिब १० लाख रुपैयाँ लागतमा उनले व्यवसाय सुरु गरेका थिए। 

स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले  काम प्रारम्भ गरेको बताए। “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भने। उनले वार्षिक १५-२० लाख आम्दानी गर्दै आएको बताए।

बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा  सेवा गरेका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन्। 

मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनले भने, “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिएँ।” व्यवसायसँगै अब समाजलाई सकेको सहयोग गर्दै जाने साेच उनको रहेको छ। रासस


प्रकाशित : आइतबार, असार ३० २०८११०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend