सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सबैभन्दा बढी धान उत्पादन गर्ने १२ देश

शनिबार, असार २९ २०८१
सबैभन्दा बढी धान उत्पादन गर्ने १२ देश

भारत संसारको सबैभन्दा ठूलो धान निर्यातकर्ता मुलुक पनि हो। भारतले देशमा उत्पादन भएको मध्ये करिब एक तिहाइ धान निर्यात गर्छ।

काठमाडौं-  मानिसले वा जुन कुनै जीवले जिउनका लागि खानु अनिवार्य छ। त्यसैले मानिसले अनेक प्रकारका अनाज उत्पादन गरेर विभिन्न परिकार बनाइ उपभोग गर्दै आएका छन्। त्यसमध्यको एक हो, धान।

धान संसारको चौथो धेरै उत्पादन हुने अनाजमा पर्छ। एसिया, त्यसमा पनि दक्षिण एसिया भात धेरै खाने जनसंख्या बसोबास गर्ने क्षेत्रमा पर्छ। सोही कारण एसियामै सबैभन्दा धेरै धान उत्पादन हुने गरेको छ। 

२०२२ मा विश्वभर ७८ करोड टन धान(धान/चामल) उत्पादन भएको थियो। गहुँ, मकै र उखुपछि धेरै उत्पादन हुने अनाज धान हो। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (यूएनएफएओ)को तथ्याकंका आधारमा भिजुअल क्यापिटालिस्टले २०२२ मा संसारका सबैभन्दा धेरै धान उत्पादन गर्ने देश र तीनले उत्पादन गरेको धानको परिणाम उल्लेख गरेको छ। 

सबैभन्दा धेरै धान उत्पादन गर्ने देशमा भारत र चीन दुवै छन्। नेपालको प्रमुख अन्न पनि धान नै हो। धान उत्पादन बढ्दा नेपालको गुल गाह्रस्थ्य उत्पादन (जीडीपी) नै बढ्ने गरेको छ। तर परम्परागत खेती प्रणाली र सिँचाइको अभावमा विश्वमानचित्रमा नेपालको धान उत्पादनले उपस्थिति जनाउन सकेको छैन। 

भारत र चीन दुवैले २०२२ मा करिब २० करोड टन धान उत्पादन गरेका थिए। यी दुई देशले उत्पादन गर्ने धान बाँकी संसारले उत्पादन गर्नेभन्दा बढी रहेको छ।

भारत संसारको सबैभन्दा ठूलो धान निर्यातकर्ता मुलुक पनि हो। भारतले देशमा उत्पादन भएको मध्ये करिब एक तिहाइ धान निर्यात गर्छ। यी हुन् १२ धेरै धान उत्पादन गर्ने देशहरु :

१. चीन- २० करोड ८० लाख टन

२. भारत- १९ करोड ६० लाख टन

३. बंगालादेश- ५ करोाड ७० लाख टन

४. इन्डोनेसिया- ५ करोड ५० लाख टन

५. भियतनाम- ४ करोड ३० लाख टन

६. थाइल्यान्ड- ३ करोड ४० लाख टन

७. म्यानमार- २ करोड ५० लाख टन

८. फिलिपिन्स- २ करोड टन

९. कम्बोडिया- १ करोड २० लाख टन

१०. पाकिस्तान- १ करोड १० लाख टन

११. ब्राजिल- १ करोड १० लाख टन

१२. जापान- १ करोड टन

विश्व बाँकी देशहरुले ९ करोड ५० लाख टन धान उत्पादन गर्दै आएका छन्। 

एसियामा धेरै धान उत्पादन हुनुमा यहाँको मौषम, भुगोल, संकृति र आर्थिक पक्षहरु हुन्। १२ धेरै धान उत्पादन गर्ने देशमा ब्राजिलमात्र एउटा गैर एसियाली मुलुक हो। ब्राजिलमा १६औँ शताब्दीमा धान पुगेको र त्यसयता राम्रो उत्पादन हुँदै आएको मानिन्छ। 

अमेरिका विश्वको पाँचौँ ठूलो धान निर्यातकर्ता मुलुक हो। अमेरिकाले देशमा उत्पादन भएको धानमध्ये करिब आधा निर्यात गर्छ। अमेरिकाले २०२२ मा करिब १ करोड टन धान उत्पादन गरेको थियो।


प्रकाशित : शनिबार, असार २९ २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend