सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मुक्तकमलरीद्वारा सामूहिक धानखेती, लोपोन्मुख तिल्की धान जोगाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
मुक्तकमलरीद्वारा सामूहिक धानखेती, लोपोन्मुख तिल्की धान जोगाइँदै

तिल्की, सिम्ठारोजस्ता धान स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ। तिल्की धानको चामल मिठो हुने र गर्मी खप्न सक्ने धानको रुपमा गाउँघरमा चिनिन्छ।

तुलसीपुर- दाङमा मुक्तकमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन्। लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन्। मुक्तकमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन्। 

स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताइन्।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीमा उक्त धानखेती गरिएको हो। केन्द्रका अध्यक्ष रावतका अनुसार प्राङ्गारिक खेती हराउँदै गएकाले यसलाई संरक्षण गर्न खेती गरिएको हो। 

तिल्की, सिम्ठारोजस्ता धान स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ। तिल्की धानको चामल मिठो हुने र गर्मी खप्न सक्ने धानको रुपमा गाउँघरमा चिनिन्छ। यो जातको धान विगतमा दाङका स्थानीयबासीले लगाउने गर्थे। पछिल्लो समय हाइब्रिड धान कृषकको रोजाइमा परेपछि यो धान लोप हुने अवस्थामा पुगेको छ।

त्यस्तै रैथाने सिमठारो जातको धान पनि रोप्ने तयारी रहेको छ। सबै खालका खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए। घोराहीको बेलुवामा पनि १३ कट्ठामा मुक्तकमलरीले सामूहिक धानखेती गरेका छन्। रासस


प्रकाशित : मंगलबार, असार २५ २०८११८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend