सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

लोपोन्मुख जातिका रुपमा रहेका किंङघरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रतिपरिवार तीनवटाको दरले एक सय परिवारलाई बाख्रा वितरण गरिएको छ।

बाँके- बाँकेका लोपोन्मुख तथा अति पिछडिएका जातजातिको आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ। 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा यहाँ एक कार्यक्रम गरी अति पिछडिएका नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका एक सय परिवारलाई बाख्रा वितरण गरिएको हो। 

लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवले लोपोन्मुख जातिका रुपमा रहेका किंङघरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रतिपरिवार तीनवटाको दरले एक सय परिवारलाई बाख्रा वितरण गरे। 

मन्त्री यादवले प्रदेश सरकारले लोपोन्मुख तथा अति विपन्न समुदायको जीवनस्तर उकास्न उनीहरुको आयआर्जन वृद्धि गरी सबल बनाइने बताए। 

आयआर्जनका लागि नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० र २२ कासाथै डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ का हरेक वडाबाट २० परिवारको छनोट गरेर बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिए। रासस  


प्रकाशित : मंगलबार, असार २५ २०८११८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend