सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बाँदर नियन्त्रण गर्न ‘मंकी पार्क’ बनाउने योजना

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
बाँदर नियन्त्रण गर्न ‘मंकी पार्क’ बनाउने योजना

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन्। जैमिनी नगरपालिकाले यसका लागि ‘मंकी पार्क’ बनाउने योजना बनाएको छ। योजनाले भने सार्थकता पाउन सकेको छैन।

बागलुङ- बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

जैमिनी नगरपालिका-४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे।

'यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ। बाँदरले बोट नै सखाप पारिदिन थालेको छ। बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ। पहिला-पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न' उनले भनिन्।  

काठेखोला गाउँपालिका-५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, 'पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ। पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो। आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ। बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ।'

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन्। जैमिनी नगरपालिकाले यसका लागि ‘मंकी पार्क’ बनाउने योजना बनाएको छ। योजनाले भने सार्थकता पाउन सकेको छैन। रासस


प्रकाशित : मंगलबार, असार २५ २०८१०९:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend