आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, असार २४ २०८१
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रूपैयाँ कायम छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

काठमाडौं- आइतबार तोलामा एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार प्रतितोला चारसय रूपैयाँले घटेर ओरालो लागेको छ। सोमबार सुन प्रतितोला चारसय रूपैयाँले घटेको हो।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीनसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुन आइतबार प्रतितोला एक लाख ४५ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आइतबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य भने आज स्थिर छ। 

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रूपैयाँ कायम छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

 


प्रकाशित : सोमबार, असार २४ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend