शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगातार हरियालीमा सेयर बजार, दोहोरो अंकले बढ्यो, ६ अर्बको कारोबार

images
आइतबार, असार २३ २०८१
images
लगातार हरियालीमा सेयर बजार, दोहोरो अंकले बढ्यो, ६ अर्बको कारोबार
images
images

काठमाडौं- गएको साता समग्रमा ६७.७५ अंकले बढेको सेयर बजार यो साता पनि वृद्धितर्फ नै लाग्ने देखिएको छ। सत्ता गठबन्धन फेरिने भएसँगै गएको साता सुधारतर्फ बढेको सेयर बजारका लगानीकर्ता सम्हालिएका छन्।

images
images
images

लगातार पाँचौँ दिन हरियालीतर्फ लाग्दै यो साता पहिलो कारोबारमा आइतबार बजार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको छ। १५० कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब २९ लाख रुपैयाँको कारोबार भएको छ। ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

निरन्तर उतारचढावमा रहेको बजारमा सत्ता गठबन्धन फेरिएर नयाँ सरकार गठन हुने भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले वृद्धिको लय समातेको हो।

images
images

गएको साता पहिलो कारोबार दिन आइतबार १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा ओर्लिएको बजारले त्यसयता निरन्तर बढेको छ। 

गएको साता सोमबार बजार १६.२९ अंकले बढेको थियो। मंगलबार दुईपटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार अन्तिम कारोबार समयसम्ममा ४७ अंकले बढेर बन्द भएको थियो। बुधबार पनि फाइनान्स कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएसँगै बजार ३.७९ अंकले बढेको थियो भने  बिहीबार पनि १५.४६ अंकले बढेको थियो।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल हो या बजारले उचाइतर्फकै दिशा समाएको हो भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ।


प्रकाशित : आइतबार, असार २३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend