शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटाले किन्ने इच्छा देखाएको फोर्डको प्लान्ट किन्न विदेशी उत्पादकको पनि चासो

शुक्रबार, पुस १६ २०७८
टाटाले किन्ने इच्छा देखाएको फोर्डको प्लान्ट किन्न विदेशी उत्पादकको पनि चासो

काठमाडौं- फोर्डले भारतमा रहेको कार उत्पादन प्लान्ट बन्द गरेर बाहिरिने निर्णय गरेसँगै ती प्लान्ट किन्न विभिन्न कार उत्पादक कम्पनीहरूले चासो देखाएका छन्। फोर्डले बाहिरिने निर्णय गरेलगत्तै भारतको सबैभन्दा ठूलो कमर्सियल सवारी उत्पादक टाटाले फोर्डको तामिलनाडू प्लान्ट किन्ने इच्छा व्यक्त गरेको थियो। 

टाटासँगै पछिल्लो पटक विभिन्न विदेशी कार उत्पादक कम्पनीले फोर्डको तामिलनाडूमा रहेको प्लान्ट किन्न इच्छा देखाएको तामिनाडू सरकारले जनाएको छ। उक्त राज्यका उद्योग मन्त्रीले विभिन्न विदेशी कार उत्पादक कम्पनीहरूले फोर्डको प्लान्ट किन्न प्रस्ताव गरेका बिहीबार बताएका हुन्। 

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले गएको सेप्टेम्बरमा भारतमा रहेका दुई कार उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको थियो। कार उत्पादन प्लान्ट राखेर उत्पादन गरि बिक्री गर्दा नाफा नदेखिएपछि फोर्डले भारतबाट बाहिरिने निर्णय लिएको थियो। फोर्डले २०२२ देखि तामिलनाडू प्लान्टबाट कार तथा इन्जिनको उत्पादन बन्द गर्ने बताइसकेको छ। 

विभिन्न कम्पनीले फोर्डको प्लान्ट किन्न गरेको प्रस्तावबारे प्रासम्भिक छलफल सुरु गरिएको तामिलनाडूका उद्योग मन्त्री थानगन थानरसुले रोयटर्सलाई बताएको इकोनामिक टाइम्सले लेखेको छ। व्यवसायिक सम्झौता फोर्डले नै गर्ने भए पनि राज्य सरकारले त्यसमा मध्यस्तता गरिएको उनको भनाइ छ। 

टाटा ग्रुपले फोर्डको ताामिलनाडू प्लान्ट किन्ने इच्छा राखेर नै त्यहाँका मुख्य मन्त्रीलाई समेत भेटिसकेको छ। तर यसबारे ठोस निर्णय वा सहमति भइसकेको छैन। 

फोर्डको भारतको गुजरातमा रहेको दोस्रो प्लान्टबाट समेत २०२१ को चौथो क्वाटरबाट उत्पादन बन्द भएको थियो। भारतमा रहेका दुवै प्लान्टबाट वार्षिक करिब ४ लाख ४० हजार फोर्डका कार उत्पादन गर्ने क्षमता छ। तर बन्द हुनुपूर्व ती दुई प्लान्टले क्षमताको २५ प्रतिशतमात्र उत्पादन गर्दै आएको थियो। 


प्रकाशित : शुक्रबार, पुस १६ २०७८०९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend