शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

बारामा ३ अर्ब ५४ करोडको अगहनी धान उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १५ २०७८
बारामा ३ अर्ब ५४ करोडको अगहनी धान उत्पादन

कलैया- बारामा किसानले यसवर्ष ३ अर्ब  ५३ करोड ९४ लाख रूपैयाँ बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन्।

उत्पादित धान व्यापारीले प्रति क्विन्टल रु दुई हजार ५०० का दरले खरिद गरेका छन्। अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए। यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए। 

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए। प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो। रासस 


प्रकाशित : बिहीबार , पुस १५ २०७८१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend