मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दो : वार्षिक साढे सात करोडको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १५ २०७८
images
images
म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दो : वार्षिक साढे सात करोडको कारोबार
images
images

गलेश्वर- म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। सुन्तला खरिद गर्न व्यापारी गाउँ-गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला बिक्री गरेर लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्।
 
बेनी नगरपालिका-४ बास्कुनाका तिलक गुरुङले रु पाँच लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे। पोखराबाट आएका व्यवसायीले गुरुङको ६० वटा बोटमा फलेको सुन्तला पाँच लाख रूपैयाँमा खरिद गरेका हुन्। गुरुङको मात्रै होइन, बास्कुनाका १९ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो ६५ रूपैयाँका दरले बिक्री भएको छ। पोखराबाट सुन्तला खरिद गर्न गएका व्यापारीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको बास्कुना सुन्तला किसान समूहमा पनि आवद्ध रहेका किसान गुरुङले बताए। 

images
images
images

गाउँका अन्य सबै घरका सुन्तला व्यापारीले खरिद गरी लगिसके पनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ। 'यो वर्ष मेरो बगैँचामा करिब रु छ लाखको सुन्तला फलेको अनुमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै बिक्री गर्ने योजना बनाएको छु,' उनले भने।

images
images

वैदेशिक रोजगारी त्यागेर २०५९ सालमा गाउँ फर्किएका गुरुङले गाउँमा धानखेती छोडेर व्यावसायिक रुपमा सुन्तलाखेती सुरु गरेका थिए। करिब १३ रोपनी खेतमा सुन्तला रोपेका गुरुङको बगैँचामा अहिले ३५० बोटले फल दिन्छन् भने करिब ४०० नयाँ बोट रोप्नुेका छन्। बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन्। सबैजसोले धान, कोदो र मकैखेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन्।

images
images
images

त्यसैगरीे बेनी नगरपालिका-३ भकिम्लीको राखु गाउँका किसानलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन्। गाउँघरमा रोपिएका १२ हजारभन्दा बढी सुन्तलाका बिरुवामध्ये अहिले नौ हजार जतिले फल दिन थालेको स्थानीयवासी मनकुमारी पुनले बताए। गतवर्ष पुनले सुन्तला बिक्रीबाट तीन लाख रूपैयाँ आम्दानी गर्दा गाउँमा ३३ लाख रूपैयाँभन्दा बढी नगद भित्रिएको थियो। 

'केही दिनयता १५ जनाले निरन्तर सुन्तला टिपिरहेका छन्, अझै १५ दिन सुन्तला टिप्नमै लाग्छ, यहाँ टिपेको सुन्तलालाई पोखरा र काठमाडौँका व्यवसायीसँग सम्पर्क गरी निर्यात गर्छौं, यो वर्ष गाउँबाट झण्डै ४० लाख रूपैयाँभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने अनुमान गरेका छौं' पुनले भने।

बास्कुना र राखुमा मात्रै होइन, यतिखेर जिल्लामा सुन्तला उत्पादन भएका ठाउँमा किसानले धमाधम सुन्तला बिक्री गरिरहेका छन्। अधिकांश बगैँचामा पोखरा, काठमाडौँ र धादिङका व्यवसायीले बोटबाटै सुन्तला खरिद गर्ने गरेका छन्। रघुगङ्गा गाउँपालिका-१ बेगखोलाको घाप्पामा रहेका १६ घरधुरीले समेत बोटबाटै सुन्तला बिक्री गरेका छन्। स्थानीयवासी र बाहिरबाट आएका व्यापारीलाई स्थानीयवासीले बोटबाटै सुन्तला बिक्री गरेका हुन्। अहिले बोट नै ठेक्का लिएर खरिद गरेकाले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीयवासी खिम फगामीले बताए। 

घाप्पामा सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानले खेती हुनेबारीमै व्यावसायिक रुपमा सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन्। जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कअनुसार म्याग्दीमा २६५ जना किसानले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन्। ६१६ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षिक दुई हजार २३५ दशमलव ६ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ। 

जिल्लाबाट रु सात करोड ५० लाख बराबरको सुन्तला निर्यात हुनेगरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लामा उत्पादन भएको सुन्तलामध्ये ठूलो हिस्सा पोखरा, काठमाडौँ, नवलपरासीलगायत ठूला बजारमा निर्यात हुँदै आएको छ। म्याग्दीमा बेनी नगरपालिकासहित बरङजा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, मुदी, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छन्। रासस


प्रकाशित : बिहीबार , पुस १५ २०७८१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend