सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आकाशे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २१ २०८१
आकाशे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो

समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ। गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बैतडी- केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ। आकाशे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँ गर्ने चटारो भएको हो। 

दोगडाकेदार-३ श्रीकोटका गणेशसिंह विष्टले सिचाइँ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेका बताए। उनले भने, 'सिँचाइ सुविधा नभएर आकासे पानीको भरमा थियौँ, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ।' 

बैतडीमा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको बताए।

बैतडीमा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको पनि उनले जानजकारी दिए। 'सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकासे पानीको भरमा रहेका किसान हाल रोपाइँमा व्यस्ता छन्', कार्यालय प्रमुख चौधरीले भने।   

समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ। गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ।

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ। पछिल्लो कृषि गणनाअनुसार बैतडीमा पाँच हजार दुई सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ। पहिले नौ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो। रासस


प्रकाशित : शुक्रबार, असार २१ २०८११२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend