आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टियागो ईभी बुकिङमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २० २०८१
टियागो ईभी बुकिङमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ। 

मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ। 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमा यही असार २१ गतेदेखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको सिप्रदीले जनाएको छ।  

यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने छन्। 

साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरु पनि पाउने कम्पनीको भनाइ छ। उल्लेखित अफरहरु मनसुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ।

ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो ईभी मनसुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राती ९ बजेसम्म टाटा मोटर्सको देशभरको शोरुमहरुमा हुने सिप्रदीले जनाएको छ। 


प्रकाशित : बिहीबार , असार २० २०८११९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend