आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ को सहकार्यमा नि:शुल्क तालिम सम्पन्न

बुधबार, असार १९ २०८१
सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ को सहकार्यमा नि:शुल्क तालिम सम्पन्न

प्रशिक्षार्थीहरुले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ, बेसिक नेटवर्किङ, इमेल/इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्टसम्बन्धी तालिम पाएका थिए।

काठमाडौं- सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको नि:शुल्क डेक्सटप सपोर्ट तालिम कार्यक्रम सम्पन्न भएको छ।

जेठ १९ गतेदेखि सुरु भएको कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका ३२ जना प्रशिक्षार्थीहरुले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ, बेसिक नेटवर्किङ, इमेल/इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्टसम्बन्धी तालिम पाएका थिए।

यस तालिममा सिप्रदीयन सहायता संस्थाले सम्पूर्ण आर्थिक, प्राविधिक, प्रशिक्षणलगायत भौतिक पूर्वाधारहरुका लागि स्थायीरुपमा चन्द्रागिरि नगारपालिका वडा कार्यालयलाई दुई लाख ५० हजार रूपैयाँ बराबरको आर्थिक सहायता हस्तान्तरण गरेको थियो। 

तालिम समापन समारोहमा नगर प्रमुख घनश्याम गिरिले यस्ता कार्यक्रमले नगरमा रोजगारी सिर्जना गरी सामाजिक विकास गर्ने बताए। वडाध्यक्ष राजभाई महर्जनले यस्ता तालिमले स्थानीय सरकार, सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन हुने बताए। 


प्रकाशित : बुधबार, असार १९ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend