सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

चुरेका किसानलाई खरी जातका बाख्रा वितरण

बुधबार, असार १९ २०८१
चुरेका किसानलाई खरी जातका बाख्रा वितरण

चुरे-५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट पाँच लाख रूपैयाँको लागतमा खोर सुधार कार्यक्रमअन्तर्गत खोर निर्माण गरिएको छ।

गोदावरी- कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ। गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरेको हो।

चुरे गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख धर्मराज भट्टका अनुसार चुरे-३ मा ५०, वडा नं ४ मा १४, वडा नं ५ मा १२, वडा नं ६ मा २६ र वडा नं ३ मा १० परिवारलाई बाख्रा वितरण गरिएको छ। ७५ प्रतिशत गाउँपालिका र २५ प्रतिशत किसान स्वयंले व्यहोर्ने गरी प्रत्येक परिवारलाई अनुदानमा एक/एकवटा बाख्रा वितरण गरिएको हो।

'विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रम बर्सेनि बढाउँदै लगिने छ', उनले भने।

यसैगरी चुरे-५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट पाँच लाख रूपैयाँको लागतमा खोर सुधार कार्यक्रमअन्तर्गत खोर निर्माण गरिएको छ।

गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा आठ लाख रूपैयाँमा १६ बाख्रा नुहाउने ट्यांकी निर्माण गरिनुका साथै र आठ लाख रूपैयाँमा बोकालाई खसी बनाउने मेसिन किसानलाई वितरण गरेको पशु शाखाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार १९ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend