बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

लगातार उकालो लाग्दै सुनको मूल्य, आज प्रतितोला चारसयले बढ्यो

images
बुधबार, असार १९ २०८१
images
लगातार उकालो लाग्दै सुनको मूल्य, आज प्रतितोला चारसयले बढ्यो

यो साता तीन दिनमा पाँचसयले बढेको सुनको मूल्य बुधबार प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको हो। चाँदी प्रतितोला २० रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- सुनको मूल्य लगातार उकालो लाग्दै बुधबार प्रतितोला एक लाख ४२ हजार सातसय रूपैयाँ पुगेको छ।

images
images
images

यो साता तीन दिनमा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको हो।

images
images

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ कायम रहेको छ।

images
images

आइतबार र सोमबार प्रतितोला दुई-दुई सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एकसय रूपैयाँले बढेको थियो। मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

लगातार दुईदिन स्थिर रहेर मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पनि बढेको छ।

बुधबार चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, असार १९ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend