शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सडक विभागले ५ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न माग्यो परामर्शदाता 

बिहीबार , पुस १५ २०७८
सडक विभागले ५ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न माग्यो परामर्शदाता 

सडक विभागले सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न एक्सप्रेसन अफ इन्ट्रेस्ट (ईओआई) माग गरेको हो।

काठमाडौं- सडक विभागले देशका विभिन्न सडकमा सुरुङ निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ। विभागले बिहीबार पाँच स्थानमा सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि आसय माग गरेको हो।

विभागले बागलुङको बागलुङ-बिउँ-नरेठाँटी रोड टनेल, फुस्रेखोला-छोरेपाटन-स्याङजा-गुडिगोला रोड टनेल, रारा राजमार्गअन्तर्गत कुशेपाटन-जाजरकोट-जुम्ला रोड टनेल निर्माणको सम्भाव्यता अध्ययन गर्न लागेको हो। त्यस्तै प्रवास-जोर्ते (पाल्पा) रोड टनेल र ताथली-राबियोपी रोड टनेल (भत्तपुर-सिन्धुपाल्चोक) बनाउन समेत सम्भाव्यता अध्ययन हुन लागेको हो। 

सडक विभागले यी सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न एक्सप्रेसन अफ इन्ट्रेस्ट (ईओआई) माग गरेको हो। सडक विभाग अन्तर्गतको गुणस्तर अध्ययन तथा विकास केन्द्रले आसय माग गरेको छ। यसमा निर्माण कम्पनीहरुले एकल तथा संयुक्त (जेभी) रुपमा आसय पेश गर्न सक्ने छन्। 

इच्छुक कम्पनीले पुस ३० गतेसम्ममा इमेलमार्फत आवेदन दिन सक्नेछन्। पेश भएका आवेदन माग २ गते खोलीले विभागले जनाएको छ। जेभीमा आवेदन गर्दा ३ वटाभन्दा बढी कम्पनी हुन नहुने विभागको भनाइ छ। 

घुमाउरो र जटिल प्रकृतिका सडकमा सहज यात्राका लागि सुरुङ मार्ग निर्माण गर्ने नीति सरकारले लिएको छ। सरकारले वार्षि नीति तथा कार्यक्रम र बजेटमा समेत सुरुङ मार्ग निर्माणलाई प्राथमिता दिँदै आएको छ। 

नागढुंगामा-सिस्ने खोला नेपालको पहिलो सडक सुरुङ हुने छ। जसको निर्माण जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तीब्र रुपमा निर्माण भइरहेको छ। उक्त सुरुङ मार्ग हालसम्म करिब ३० प्रतिशत काम सकिइसकेको छ। 


प्रकाशित : बिहीबार , पुस १५ २०७८०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend