शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मन्जुश्री फाइनान्सको ६७० रुपैयाँमै सेयर किन्ने अवसर, अन्य चार कम्पनीको कतिमा भयो समायोजन?

images
बिहीबार , पुस १५ २०७८
images
मन्जुश्री फाइनान्सको ६७० रुपैयाँमै सेयर किन्ने अवसर, अन्य चार कम्पनीको कतिमा भयो समायोजन?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार पाँच कम्पनीको सेयरको मूल्य समायोजन गरेको छ। समायोजन हुनेमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, इन्फिनिटी वित्तीय संस्था, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, एण्ड डेभलपमेण्ट, र समिट लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो ।

images
images

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार पाँच कम्पनीको सेयरको मूल्य समायोजन गरेको छ। समायोजन हुनेमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, इन्फिनिटी वित्तीय संस्था, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, एण्ड डेभलपमेण्ट, र समिट लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो ।

images
images
images

चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनस सेयरको समायोजनपछि सेियरमूल्य  ४६७ दशमलव ८१ तोकेको छ। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य  ५०२ दशमलव ९० को आधारमा सेयरमूल्य समायोजन भएको हो।

images
images

त्यस्तै, नेप्सेले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७ दशमलव ७० प्रतिशत बोनस सेयरको समायोजनपश्चात मूल्य  १ हजार ३०७ दशमलव ७५ तोकेको छ।

images
images

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधवार कम्पनीको सेयर प्रतिकित्ता १ हजार ६७० मा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, नेप्सेले मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ६७० दशमलव ७१ तोकेको छ। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य  ९३९ को आधारमा सेयरमूल्य समायोजन भएको हो।

नेप्सेले एनआरएन इन्फ्रास्टक्चरको ५ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य  ५११ दशमलव ४३ तोकेको छ। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य  ५३७ को आधारमा सेयरमूल्य समायोजन भएको हो।

त्यस्तै, नेप्सेले समीट लघुवित्त वित्तीय संस्थाको २५ दशमलव २८ प्रतिशत बोनस सेयरको समायोजनपश्चात मूल्य  १ हजार १६५ दशमलव ३४ तोकेको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधवार कम्पनीको सेयर प्रतिकित्ता  १ हजार ४६० मा अन्तिम कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , पुस १५ २०७८०३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend