शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

अब विदेश घुम्न जानेलाई वर्षमा दुईपटक मात्रै डलर सटहीको सुविधा

images
बुधबार, पुस १४ २०७८
images
अब विदेश घुम्न जानेलाई वर्षमा दुईपटक मात्रै डलर सटहीको सुविधा

अब विदेश घुम्न जानेले वर्षमा दुई पटक मात्रै डलर सटहीको सुविधा पाउने छन्।  डलर सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले पर्यटक भिसामार्फत घुम्न जानेको सटही सुविधामा कडाइ गरेको हो।

images
images

काठमाडौं- अब विदेश घुम्न जानेले वर्षमा दुईपटक मात्रै डलर सटहीको सुविधा पाउने छन्। डलर सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले पर्यटक भिसामार्फत घुम्न जानेको सटही सुविधामा कडाइ गरेको हो।

images
images
images

राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशनमा वर्षमा प्रतिराहदानी दुई पटकमात्र सटही सुविधा दिने घोषणा गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनअनुसार अब वर्षमा १५ सय डलरका दरले बढीमा दुई पटक मात्र उपलब्ध हुन्छ।

images
images

कामदार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउन थालिएको छ। राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा पनि माग्ने ब्यवस्था गरेको छ। यसअघि यस्तो ब्यवस्था थिएन। राहदानीबाहक आफैँ उपस्थित भएको अवस्थामा मात्र सटही सुविधा उपलब्ध हुने ब्यवस्था गरेको छ।

images
images


प्रकाशित : बुधबार, पुस १४ २०७८१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend