शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा, यस्ता छन् सुविधा

images
आइतबार, असार १६ २०८१
images
प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा, यस्ता छन् सुविधा

यसको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भइ व्यवसाय प्रवर्द्धनमा सहजता तथा पारदर्शीतासमेत कायम रहने बैंकको विश्वास छ।

images
images

काठमाडौं- प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नवीनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको छ।

images
images
images

प्रभु बैंकले आजदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रियरुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ। चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको प्रभु बैंकले जनाएको छ।

images
images

यो बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजनका लागि मात्र लक्षित छ। बैंकका अनुसार व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेष्टुरेन्टहरु, अस्पतालहरू आदिमा सीमित हुन सक्छन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमितरुपमा साना र ठूला भुक्तानीहरू गर्छन्।

images
images

यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ।

बिजनेस डेबिट कार्डको मद्दतले बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नेछन्। यस सम्बन्धमा बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरूमार्फत ट्राभल एजेन्टहरुसँग खरिद गर्न सकिन्छ।

यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झन्झट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ। 

यस्तै यो कार्डको सहयोगले व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरिदको लागि भुक्तानी गर्न सक्छन्। उनीहरूले बिक्रेताहरूसँग राम्रो छुटको लागि सिधै कुराकानी गर्न सक्छन् किनकि बिक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्छन्।

बैंकका अनुसार भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापीरुपमा सहजताका साथ यसलाई अपनाउँदै बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ। ई-कमर्स र पीओएस टर्मिनलहरूमार्फत भुक्तानीको स्वीकृतिसँग, व्यापारिक घरानाहरूले पार्दर्शी र सजिलैसँग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन्। 

ई-कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी-च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन्। बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

प्रभु बैंकद्वारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भइ व्यवसाय प्रवर्द्धनमा सहजता तथा पारदर्शीतासमेत कायम रहने बैंकको विश्वास छ।


प्रकाशित : आइतबार, असार १६ २०८११६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend