सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कोशीमा १४ प्रतिशत रोपाइँ सकियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
कोशीमा १४ प्रतिशत रोपाइँ सकियो

झापामा सबैधन्दा धेरै ७५ हजार सात सय ५९ दशमलव १८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा धान रोपिने गरेको छ।

मोरङ- अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।

कोशीमा गतवर्ष असार १४ गतेसम्म १६ दशमलव ९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो। प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिए।

झापामा सबैधन्दा धेरै ७५ हजार सात सय ५९ दशमलव १८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा धान रोपिने गरेको उनले बताए।

हालसम्म झापामा ११ दशमलव ३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९ दशमलव ४०, सङ्खुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५ दशमलव २५ प्रतिशत, ओखलढुङ्गामा १२ दशमलव २५ प्रतिशत र खोटाङमा १३ दशमलव ४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। 

असार १५ गते ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइने तयारी रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए। विगतका तुलनामा कम रोपाइँ भए पनि यसवर्ष धानमा हाल्ने रासायनिक मलको भने अभाव नरहेको उनले बताए। 

राष्ट्रिय धान दिवसको अवसरमा मोरङको जहदा गाउँपालिकास्थित कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा धान रोपाइँ कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले जानकारी दिए। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको सहभागिता रहने प्रमुख सिंहले बताए। रासस


प्रकाशित : शुक्रबार, असार १४ २०८११६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend