आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , असार १३ २०८१
प्रतितोला ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्यमा प्रतितोला १० रूपैयाँले गिरावट आएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

मंगलबार स्थिर रहेर बुधबार प्रतितोला सातसय रूपैयाँले घटेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको हो। 

बिहीबार छापावाल सुनको मूल्य घटेर प्रतितोला एक लाख ४० हजार ८ सय रूपैयाँमा झरेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार एकसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेर सोमबार प्रतितोला तीनसय रूपैयाँले बढेको थियो।

बुधबार प्रतितोला २५ रूपैयाँले घटेको चाँदीको मूल्यमा बिहीबार प्रतितोला १० रूपैयाँले गिरावट आएको छ।

चाँदी आज प्रतितोला एक हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार तोलामा ५० रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला ५ रूपैयाँले बढेको थियो। मंगलबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदी बुधबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , असार १३ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend