शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय लिनुपर्छ : उपेन्द्र यादव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय लिनुपर्छ : उपेन्द्र यादव

'पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ। यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ'

परासी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अगाडि बढाउनुपर्ने बताएका छन्। 

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)द्वारा बुधबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने 'पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ। यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।'

अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए। रासस 


प्रकाशित : बुधबार, पुस १४ २०७८१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend