बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बुधबार, असार १२ २०८१
images
प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला सातसय रूपैयाँले घटेको छ।

images
images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ कायम छ।

images
images

यो साता आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेर सोमबार प्रतितोला तीनसय रूपैयाँले बढेको थियो।

images
images

मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य आज पनि घटेको छ। चाँदी आज तोलामा २५ रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ५० रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला ५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, असार १२ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend