शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सुदूरपश्चिमको विकास योजना बनाउन प्रधानमन्त्री देउवाले योजना आयोगका उपाध्यक्ष पौडेलसहित खटाए टोली

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
सुदूरपश्चिमको विकास योजना बनाउन प्रधानमन्त्री देउवाले योजना आयोगका उपाध्यक्ष पौडेलसहित खटाए टोली

सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेतालाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव सङ्कलनमा उपस्थित हुन निमन्त्रणा गरिएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलका नेतृत्वमा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलगायतलाई सुदूरपश्चिम क्षेत्रमा खटाएका छन्। 

images
images
images

मंगलबार नै धनगढी पुगेको टोलीले सुदूरपश्चिमका सबै जिल्लामा स्थलगत अवलोकन गरी योजनाको बृहत्तर खाका बनाउने केन्द्रीय सदस्य महरले जानकारी दिए।

images
images

सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेतालाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव सङ्कलनमा उपस्थित हुन निमन्त्रणा गरिएको उनले बताए।

images
images

टोलीलाई सुदूरपश्चिममा आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सिर्जना गर्नसक्ने गरी योजनाका खाका बनाउन जिम्मेवारी दिइएको छ। सुदूरपश्चिमको योजनाको खाका बनाउने कार्यमा सो प्रदेशका नौवटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तर्क्रिया गरिने छ।

यसैक्रममा बुधबार धनगढीमा सम्पन्न अन्तर्क्रियामा धनगढी उपमहानगरपालिका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य नृप वड, उपप्रमुख एवं पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, योजना आयोगका सदस्य डा पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, कांग्रेसको सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र नं ५ का सभापति भीम पडाललगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए।

वर्तमान सरकारले सबै प्रदेशमा यसैगरी विकासका लागि बृहत्तर योजना बनाउन टोली खटाउने बताइएको छ। रासस 


प्रकाशित : बुधबार, पुस १४ २०७८०८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend