बुधबार, कात्तिक ७ गते २०८१    
images
images

सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष

images
मंगलबार, असार ११ २०८१
images
images
सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष

गत जेठ २८ गते जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर अजयकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ठेकेदारले अनियमतिता गरेको निष्कर्षसहित आज प्रतिवेदन बुझाएको हो।

images
images

जनकपुर- जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष्कर्ष निकालेको छ।

images
images
images

गत जेठ २८ गते जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर अजयकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ठेकेदारले अनियमतिता गरेको निष्कर्षसहित आज प्रतिवेदन बुझाएको हो।

समितिले धनुषाको बटेश्वर गाउँपालिका-१ स्थित बडहडी खोला उत्खननका लागि गाउँपालिकाले लगाएको ठेक्का सम्झौतामा उल्लेख भएको परिमाणको पाँच गुणा बढी गिट्टी बालुवा उत्खनन गरेको प्रतिवेदन प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए।

images

'छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौताविपरीत पाँच गुणा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ। अब बैठक बसेर के कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल हुन्छ', प्रजिअ कडरियाले भने।

images

बटेश्वर गाउँपालिका कार्यालयले गत फागुन ६ गते महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार चार सय ४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि २७ लाख नौ हजार एक सय तीन रूपैयाँमा ठेक्का लगाएको थियो।

ठेक्का सम्झौताअनुसार ठेकेदारले १५ जेठ २०८१ सम्म उक्त परिमाण उत्खनन गर्न पाउने थियो तर ठेकदार कम्पनीले योलगायत ३२ बुँदे सम्झौतामध्ये अधिकांश बुँदा पालना नभएका देखिएको छ।

ठेकेदारले जेसिबी, स्काभेटरजस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिटसम्म गहिरो खाँडल बनाएर नदीजन्य पदार्थ उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ। यसले गर्दा निरशपुर, विजयपुर र चित्रपुर बस्ती बाढीपहिरोको जोखिममा परेका छन्।

सर्वसाधारणको गुनासोपछि गत जेठ दोस्रो साता प्रजिअ कडरियाले खोलाको अनुगमन गरी कारबाहीका लागि गाउँपालिका कार्यालयलाई पत्राचार गरेका थिए। जनप्रतिनिधि र पालिका कर्मचारीले चासो नदेखाएपछि गत जेठ २८ गते उनले जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए।

समितिमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इञ्जिनियर सदस्य छन्। समितिलाई खोलामा भएको उत्खननको नापजाँच गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो। रासस


प्रकाशित : मंगलबार, असार ११ २०८११८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend