बुधबार, कात्तिक ७ गते २०८१    
images
images

क्यानडा र पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने दुईजना पक्राउ

images
मंगलबार, असार ११ २०८१
images
images
क्यानडा र पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने दुईजना पक्राउ

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।

images
images
images

पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भइ काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन्।

आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैयाँ र पासाङले पोर्चुगल पठाइदिन्छु भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ ठगी गरी सम्पर्कबिहीन भएका उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

images

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

images


प्रकाशित : मंगलबार, असार ११ २०८११६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend