बुधबार, कात्तिक ७ गते २०८१    
images
images

किन झ्याप्प झ्याप्प अवरुद्ध भइरहेको छ विद्युत? [भिडियोसहित]

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ११ २०८१
images
images
किन झ्याप्प झ्याप्प अवरुद्ध भइरहेको छ विद्युत? [भिडियोसहित]

'उत्पादनबाट ग्राहककोमा आउँदा प्रणालीमा असन्तुलन भएमा सिस्टम जाने एउटा कुरा भयो अर्को कुरा सव-स्टेसनका फिडर लाइनहरूमा ओभरलोड हुनु हो।'

images
images

चितवन- तराईदेखि पहाडी भागसम्म यतिबेला ज्यादै गर्मी छ। गर्मीको समयमा घर तथा अफिसमा बढी मात्रामा विद्युत खपत हुने पंखा, कुलर एसी, मोटर आदी प्रयोग गरिन्छ नै। तर छिन-छिनमा हुने विद्युत अवरोधले समस्या हुनुका साथै घर तथा कार्यालयका अन्य कामसमेत प्रभावित भइरहेको छ।

images
images
images

पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलका अनुसार यसरी झ्याप्प झ्याप्प विद्युत अवरुद्ध हुनु लोडसेडिङ होइन। उनी भन्छन्, 'जसरी पहिले लोडसेडिङ हुने गर्दथ्यो, लोड छायामा पारिन्थ्यो र पालैपालो गरेर यताको र उताको लोड मिलाउने काम गर्दा लोडसेडिङ हुन्थ्यो। अहिले त्यस्तो होइन।' 

उनले विगतमा विद्युत उत्पादन कम हुँदा लोड छायामा पार्नका लागि पालैपालो स्टेसनबाटै काटिएका कारण लोडसेडिङ हुने गरेको तर हिजोआज झ्याप्प लाइन जाने अवस्था लोडसेडिङ नभएको जानकारी गराए। हिजोआज आक्कलझुक्कल जाने लाइन लोडसेडिङ नभएको भन्दै उनले भने, 'हामी विद्युतमा आत्मनिर्भर भइसकेको अवस्था छ, लोडसेडिङ हुने अवस्था होइन।'

images

विभिन्न पावर हाउसमा उत्पादन भएका विद्युतको ट्रान्समिसन लाइन प्रशस्त नहुनु, प्रसारण लाइन पुरानो हुनु, १३२ केभीमा सिंगल सर्किट १०० मेगावाट मात्रै लाइन हिँडाउन सकिने हुँदा पनि विद्युतमा अवरोध आउन सक्ने उनले बताए। उनले २५०० मेगावट विद्युत राख्ने क्षमता विकास भएको भन्दै यथेस्ट ट्रान्समिसन लाइन वृद्धि गर्न सकिएमा सिस्टम डेलिभरी बढाउन सकिने बताए। 

images

झ्याप्प विद्युत अवरुद्ध हुने सम्बन्धमा इन्जिनियर पौडेल भन्छन्, 'उत्पादनबाट ग्राहककोमा आउँदा प्रणालीमा असन्तुलन भएमा सिस्टम जाने एउटा कुरा भयो अर्को कुरा सव-स्टेसनका फिडर लाइनहरूमा ओभरलोड हुनु हो।'

विद्युत प्रसारण गर्ने धेरैजसो लाइनहरू ओभरहेड प्रणालीमा आधारीत हुँदा लाइनमा रुखपात हाँगालगायत अन्य कुराहरूले अवरोध गर्दा समस्या आउन सक्ने उनले बताए। 

झ्याप्प विद्युत अवरुद्ध हुने धेरै कारणहरू हुने हुँदा तत्काल यही कारणले गर्दा भनेर भन्न नसकिने अवस्था आउने उनी बताउँछन्। विद्युतको कुरा प्राविधिक कुरा हुँदा विस्तारै सुधार हुँदै जाने उनको भनाइ छ।

'अहिलेको हाम्रो उद्देश्य भनेको झ्याप्प विद्युत अवरुद्ध हुने कारणको न्यूनीकरण गर्ने हो' उनले भने।

प्रणालीलाई सुदृढीकरण गर्दै लैजान पोल सिस्टमभन्दा भूमिगत तारबाट प्रसारण गर्दा यसको समस्या न्यूनीकरण हुने भन्दै पौडेलले विद्युत उपभोक्ताहरूले आफ्नो घर वरपर कुनै समस्या देखेमा विद्युत कार्यालयमा जानकारी गराउन अनुरोध गरे। उनले सूचना समयमा नै दिएमा छिटो समस्याको समाधान हुने बताए। 

घरमा बढी विद्युतीय सामाग्रीहरूको प्रयोग गर्दा लाइन जान्छ भन्ने उपभोक्ताहरूमा भ्रम रहेको भन्दै घरमा बढी विद्युत उपभोग गर्दैमा लाइन नजाने उनले बताए।

उनले भने, 'हामी विद्युत बढी उत्पादन भएर धेरै प्रयोग गर्नुस् भन्ने अवस्थामा छौँ।' उपभोक्ताहरूले विद्युत उपभोग गर्ने तरिकामा एकरुपता नआउँदा भने सन्तुलनमा भने केही असर पर्ने उनले बताए। रासस

भिडियोमा हेर्नुहोस् -


प्रकाशित : मंगलबार, असार ११ २०८११६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend