मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ११ २०८१
images
images
दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

उनीहरूले यही असार ४ गते आफूहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको दुई करोड रुपैयाँ लुटेर फरार भएका थिए।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ।

images
images
images

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हबल्दार कृष्णबहादुर बोहरासहित चारजनालाई पक्राउ गरिएको हो। 

images
images

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार  ओखलढुङ्गा मानेभन्ज्याङ-३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ का ३१ वर्षीय सुजन रसाइली पक्राउ परेका छन्।

images
images
images

उक्त कार्यालयले पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गरेको छ। प्रहरिका अनुसार उनीहरूले यही असार ४ गते आफूहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको दुई करोड रुपैयाँ लुटेर फरार भएका थिए। 


प्रकाशित : मंगलबार, असार ११ २०८११५:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend