बुधबार, कात्तिक ७ गते २०८१    
images
images

चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

images
मंगलबार, असार ११ २०८१
images
images
चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ। यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन्।

images
images

सुर्खेत- निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

images
images
images

आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुंगामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ।

सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ। यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन्।

images

सडकमा खसेको ढुंगामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए। सडकमा खसेको ढुंगामाटो हटाउने काम भइरहेको उनले जानकारी दिए।

images

यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्गसमेत जोडिने गर्दछ। भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ। पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ। रासस


प्रकाशित : मंगलबार, असार ११ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend