शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सरकारलाई ऋण दिन नागरिकले पत्याउँदैनन्, उच्च ब्याज हुँदा पनि सधैँ ‘न्यून सस्क्राइब’

images
आइतबार, असार ९ २०८१
images
सरकारलाई ऋण दिन नागरिकले पत्याउँदैनन्, उच्च ब्याज हुँदा पनि सधैँ ‘न्यून सस्क्राइब’

६/६ महिनामा ब्याज भुक्तानी हुने उच्च ब्याजदर पनि भएकाले बैंकहरूको मुद्दति निक्षेपभन्दा धेरै आकर्षक हुनुपर्ने भएपनि यसमा आकर्षण देखिएको छैन। यस्तै प्रकृतिको वैदेशिक रोजगार बचतपत्रमा पनि आकर्षण देखिएको छैन।

images
images

काठमाडौं- नेपाली नागरिकले सरकारलाई ऋणका रुपमा लगानी गर्न सक्ने एउटा माध्यम नागरिक बचपतत्रमा आकर्षण देखिएको छैन। 

images
images
images

आवश्यक पर्दा धितो राखेर ऋणसमेत लिन मिल्ने यस्तो नागरिक बचतपत्रमा मागिएकोभन्दा न्यून बिड पर्दै आएको छ। बैशाख २७ गते पाँच अर्ब नागरिक बचतपत्रका लागि एक महिनाको समय दिएर निष्कासन गरिएको थियो।

images
images

तोकिएको मितिमा न्यून माग भएपछि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले फेरि असार १४ गतेसम्म म्याद थप गरेको छ। योपालिमात्र होइन नागरिकले व्यक्तिगत रुपमा खरिद गर्नसक्ने ऋणपत्रमा प्राय न्यून आवेदन पर्ने गरेको छ। 

images
images

पाँच वर्षे अवधिको नागरिक बचतपत्रमा नेपाली नागरिकलेमात्र खरिद गर्न सक्छन्। 

बैंकले दिने ब्याजभन्दा उच्च हुँदा पनि यो उपकरणमा नागरिकको आकर्षण देखिएको छैन। सुरक्षित मानिने यस्तो उपकरणमा समेत आकर्षण नदेखिनुका पछाडि सचेतना नभएको धेरैको बुझाइ छ। 

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। 

सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन्। ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन्।

सरकारी ऋणपत्रहरू कार्यालयले बोलकबोल प्रक्रियामार्फत जारी गरिन्छ। बोलकबोल अनलाइन बोलकबोल प्रणालीमार्फत सञ्चालन गरिन्छ। विभिन्न ऋणपत्रको निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि निम्नानुसार रहेको छ।

नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन तोकिदिएको मितिमा गर्ने गरिन्छ।

सरकारी ऋणपत्रहरू सरकारको तर्फबाट जारी हुने हुँदा लगानी डुब्ने डर नहुने, निश्चित समयमा ब्याज प्राप्त हुने, तत्काल नगद आवश्यकता परेमा दोस्रो बजारमा सजिलैसँग बिक्री गर्न सकिने, जमानतको रुपमा प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट सजिलै कर्जा प्राप्त हुने र तुलनात्मक रुपमा अन्य उपकरणहरूको तुलनामा ब्याज आम्दानी बढी हुने हुनाले आकर्षित हुनुपर्ने भएपनि अहिलेसम्म त्यस्तो देखिएको छैन। 

६/६ महिनामा ब्याज भुक्तानी हुने उच्च ब्याजदर पनि भएकाले बैंकहरूको मुद्दति निक्षेपभन्दा धेरै आकर्षक हुनुपर्ने भएपनि यसमा आकर्षण देखिएको छैन। यस्तै प्रकृतिको वैदेशिक रोजगार बचतपत्रमा पनि आकर्षण देखिएको छैन। 

बैंक तथा वित्तीय संस्था तथा संस्थागत तहबाट लगानी गर्न मिल्ने ट्रेजरी बिल र विकास ऋणपत्रमा भने माग गरिएकोभन्दा धेरै बिड पर्ने गरेको छ। 

नागरिक बचपत्रको ब्याजदर इतिहासकै उच्च हुँदा पनि न्यून आवेदन परेको थियो। चैतमा ११.५ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र निष्कासन भएको थियो भने सबैभन्दा न्यून ब्याजदर भने ६ प्रतिशत रहेको छ। अहिले भने नागरिक बचतपत्रको ब्याजदर ८ प्रतिशत र बैदेशिक रोजगार ऋणपत्रको ८ प्रतिशत रहेको छ। 


प्रकाशित : आइतबार, असार ९ २०८११०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend