आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बीवाईडीले अस्ट्रेलियामा घटायो विद्युतीय कारको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
बीवाईडीले अस्ट्रेलियामा घटायो विद्युतीय कारको मूल्य

योसँगै बीवाईडी एटो थ्री लाइनअपको मूल्य ४४ हजार ४ सय ९९ अस्ट्रेलियन डलरबाट सुरु हुनेछ। यसअघि एटो थ्री ४८ हजार ११ अस्ट्रेलियन डलरबाट सुरु हुन्थ्यो।

काठमाडौं-  चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले अस्ट्रेलियमा आफ्ना कारको मूल्य घटाएको छ। हाल बीवाईडी विश्वका विभिन्न बजारमा उपस्थिति बढाउँदै लगेको छ। बीवाईडीले प्रतिस्पर्धी मूल्यमा कार बिक्री गर्ने क्रममा अस्ट्रेलियामा कारको मूल्य कटौती गरेको हो। 

बीवाईडीले अस्ट्रेलियामा मूल्य घटाएर आफ्नो लोकप्रिय विद्युतीय एसयूभी एटो थ्री सार्वजनिक गरेको हो। बीवाईडीले एटो थ्रीमा ३ हजार ५ सय अस्ट्रेलियन डलर मूल्य कटौती गर्दै नयाँ उत्पादन सार्वजनिक गरेको छ।

योसँगै बीवाईडी एटो थ्री लाइनअपको मूल्य ४४ हजार ४ सय ९९ अस्ट्रेलियन डलरबाट सुरु हुनेछ। यसअघि एटो थ्री ४८ हजार ११ अस्ट्रेलियन डलरबाट सुरु हुन्थ्यो। 

बीवाईडी तथा टेस्लाबीच विश्व बजारमा प्राइस वार चलिरहेको छ। ईभी निर्माताहरुबीच भइरहेको यस्तो प्रतिस्पर्धाले उपभोक्तालाई भने राहत मिलेको छ। युरोप तथा चीनमा चलेको प्राइस वार अस्ट्रेलिया पनि पुगेको छ।  अस्ट्रेलियन बजारमा ईभीको कडा प्रतिस्पर्धा चलिरहँदा बीवाईडीको यस्तो निर्णय आएको हो। यससँगै अस्ट्रेलियाबाट बाहिर जाने राइट ह्यान्ड ड्राइभ मोडलमा पनि केही महत्त्वपूर्ण परिवर्तन गरिएको छ। 

मूल्य कटौतीसँगै बीवाईडीले पहिले अस्ट्रेलियामा डेलिभर गरिएका गाडीमा एटलस ब्याटम्यान टायर पनि परिवर्तन गरेको छ। साथै अन्य विशेषताहरुमा पनि अपडेट गरिएको जनाइएको छ।

यस्तै नयाँ एटो थ्रीको भित्री स्वरुपमा अब ठूलो र नयाँ १५.६ इन्चको रोटेड टच स्क्रिन पनि थपिएको छ। जबकि पहिले १२.८ इन्चको स्क्रिन दिइएको थियो। बीवाईडीले नयाँ मोडल नयाँ ‘क्याम्पिङ मोड’सहित आउने पनि उल्लेख गरेको छ। जसले गाडीको ब्याट्री २० प्रतिशतभन्दा बढी भएमा चालकलाई एयर कन्डिसन प्रयोग गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको छ।

फ्रन्ट ह्विल ड्राइभ मोटरमा सबै विशेषता समान रहेका छन्। फ्रन्ट ह्विल ड्राइभ मोटर भएको यो कारले १ सय ५० किलोवाट पावर र ३ सय १० एनएम पिक टर्क उत्पादन गर्छ। बीवाईडी एटो थ्री २०२३ मा तेस्रो सर्वाधिक बिक्री हुने ईभीको रुपमा प्रसिद्धी पाएको थियो । अस्ट्रेलियामा गत वर्ष एटो थ्री ईभी ११ हजार ४२ वटा बिक्री भएको थियो।

२०२४ मा बीवाईडीले  अस्ट्रेलियामा ३ हजार ३ सय ७५ एटो थ्री बिक्री गरेको छ। जुन सर्वाधिक लोकप्रिय ईभीको रुपमा बजारमा प्रभाव जमाइरहेको छ। २०२४ को बीवाईडी एटो थ्री छिट्टै अस्ट्रेलियन बजारमा आउने अपेक्षा गरिएको छ। 

बीवाईडीका विद्युतीय कार नेपाली बजारमा समेत लोकप्रिय छन्। नेपालमा बीवाईडीका सिल एटो थ्री डलफिन र ई सिक्स बिक्री हुँदै आएको छ। एटो थ्री सबैभन्दा धेरै रुचाइएको विद्युतीय एसयूभी हो भने प्रिमियम ह्ययाचब्याक कारमा डलफिन अग्रणी नै छ। बीवाईडीको सिल ईभी प्रमियम सेडान कार हो। नेपालमात्र नभइ पछिल्लो समय बीवाईडीका कार एसिया तथा युराेपेली बजारमा पनि आक्रामक बजार विस्तारमा रहेको छ। 


प्रकाशित : शुक्रबार, असार ७ २०८१११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend