सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दुबईमा दुई दशक बिताएर फर्किएका बाबुराम भैँसीपालनमा, मासिक साढे तीन लाखसम्म आम्दानी

बिहीबार , असार ६ २०८१
दुबईमा दुई दशक बिताएर फर्किएका बाबुराम भैँसीपालनमा, मासिक साढे तीन लाखसम्म आम्दानी

व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन्। पशुपालनबाट उनले मनग्य आम्दानी लिइरहेका छन्।

दाङ- घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भैँसी पाल्दै आएका छन्। उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपक्षी नामको फार्म दर्ता गरेका छन्।

दुई दशक दुबईमा बसेर फर्किएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका हुन्। उनले ३६ भैँसीबाट व्यवसाय सुरु गरेका हुन्। उनले दूध दिँदासम्म भैँसी आफै राख्ने गरेका छन्।

उनले भने, 'बिहान बेलुका गरी दैनिक ९६ लिटर दूध आफैले बजार पुर्‍याउने गरेको छु २८ लिटर दूध ७५ रुपैयाँका दरले तुलसीपुर-१८ दुधरासको डेरीबाट किनेर एकसय रुपैयाँमा बिक्री गर्ने गरेको छु।'

महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाउँदा तीन लाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए। आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दूध घोराही बजारका ग्राहकलाई घरघरमा पुर्‍याउने गरेको उनले बताए।

उनले सबै भैँसीको बीमा गरेका छन्। भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ। एक ट्याक्टर मल चार हजार पाँचसय रूपैयाँमा बिक्री गर्ने गरेको बताए। अलिकति जागर गर्ने हो भने सबै ठाउँमा पैसा छ, भैँसीको दूध, मल र बाख्रा बेच्दा पैसा आउने उनी बताउँछन्। गतवर्ष दूध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए।

२० लाख रूपैयाँ कठ्ठाका दरले ५० लाखमा किनेको बताए। 'भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नुपर्दैन', उनले भने। गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस र भरिभराउ रहेको छ।

चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेका छन्। आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए। 'कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन', उनले भने। कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनी बताउँछन्। स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए।

व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन्। उनीसँग १७ खसी, बोका र बाख्रा छन्। भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरको उनले बताए। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend