शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ग्लोबल आईएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
images
ग्लोबल आईएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा पालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलाहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

images
images
images

२०७८ पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाहरूको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरू निशुल्क रुपमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ। 

images
images

नेपाल परिवार नियोजन संघसँगको समन्वयमा हुने यस कार्यक्रमअन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगन्ज स्वास्थ्य चौकी, देवानगञ्ज, सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, वागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।

images
images

यस अघि बैंकले महिलालाई आर्थिकरूपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दती बचत खाता संचालनमा ल्याएको थियो। मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा पालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलाहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।


प्रकाशित : मंगलबार, पुस १३ २०७८०८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend