शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
images
सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

गत महिना अस्पतालले  तीन करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ । 

images
images

चितवन- भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । 

images
images
images

थप  चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ । 

images
images

उनका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो । नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ । पौडेलका अनुसार पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बीमाबाट भएको थियो । 

images
images

आर्थिक वर्ष २०७५/७६ मा  १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा रु २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा  १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो । चालू आर्थिक वर्षमा  २५ करोड भन्दा बढी आम्दानी हुने पौडेलको अनुमान रहेको छ । गत महिना अस्पतालले  तीन करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ । 

यस हप्ताको आइतबार भरतपुर अस्पतालमा आएका कूल बहिरङग बिरामीमध्ये ७३४ जना बीमाका रहेका थिए । सोमबार यो सङ्ख्या ६२० रहेको थियो । सोमबार बीमा बाहेकका बहिरङगको टिकट काट्नेको सङ्ख्य ३२७ मात्र थियो । अन्य बिरामी भन्दा झण्डै दोब्बर बीमाका हुने गरेका छन् । पछिल्लो समय अस्पतालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बोर्डमा दाबी र भुक्तानीमा पनि ताकेता गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा बोर्डबाट सेप्टेम्बरमा रु चार करोड ५२ लाख, अक्टोबरमा रु एक करोड १० लाख, नोभेम्बरमा रु १२ लाख ५३ हजार र डिसेम्बरमा रु आठ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिए। 

बीमाका बिरामीलाई अन्यत्र जानु नपर्ने गरी अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको उनको भनाइ छ । बिहान ८:३० बजेबाटै बहिरङग सेवा सुरु गरिएको, दिउँसो ५ बजेसम्म शल्यक्रिया सेवा सञ्चालन गरिएको पौडेल बताउँछन्। रासस

 


प्रकाशित : मंगलबार, पुस १३ २०७८०६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend