बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

रसियाले बनायो न्यारोबडी यात्रुबाहक जहाज, अर्को वर्षदेखि उडानमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १२ २०७८
images
रसियाले बनायो न्यारोबडी यात्रुबाहक जहाज, अर्को वर्षदेखि उडानमा 

कम्पनीले सन् २०२२को सेप्टेम्बरदेखि अर्डर अनुसारको डेलिभरी गर्ने जानकारी गराएको छ। 

images
images

काठमाडौं-  बोइङ र एयरबसले निर्माण गरेका यात्रुबाहक जहाजको बोलबालाकै बीचमा रसियन कम्पनीले पनि यात्रुबाहक जहाज निर्माण गरेको छ। 

images
images
images

रसियन कम्पनीले मध्यम दूरीका लागि उपयुक्त हुने न्यारोबडी जहाज निर्माण गरेको हो। पछिल्लो एक दशकदेखि निर्माण भइरहेको यस्तो जहाज अब अर्को वर्षदेखि नियमित उडानमा आउने भएको हो। 

images
images

रसियन कम्पनी एरोफ्लोटको सहायक कम्पनी रसियाले निर्माण गरेको एमसी-२१ जहाज सन् २०२२ को सेप्टेम्बरमा एयरलाइन्सलाई डेलिभरी गरिने घोषणा भएको छ। 

images
images

कम्पनीले सन् २०२२को सेप्टेम्बरदेखि अर्डर अनुसारको डेलिभरी गर्ने जानकारी गराएको छ। 

यो जहाजमा रसियामै निर्माण भएको पीडी-१४ टर्बोफ्यान इन्जिन जडान हुने छ। 

कम्पनीका अनुसार यो जहाजमा दुई भेरियन्टमा हुनेछन्। १३२ सिट क्षमता भएको एउटा र १६३ सिट भएको अर्को मोडल हुने छ। यो जहाजले एयरबसको ए३२० नियो र बोइङको ७३७ म्याक्ससँग प्रतिस्पर्धा गर्ने छ। 


प्रकाशित : सोमबार, पुस १२ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend