बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

ग्लोबल आईएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
images
ग्लोबल आईएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट
images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

images
images
images

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन्। 

images
images

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। 

images
images

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको बैंले जनाएको छ। 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend