शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

माओवादी महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने- राष्ट्रघाती भन्नेले एमसीसी पढेका त छन्?

मैले पढ्दा त कतै पनि राष्ट्रघात देखिनँ, पारित गरौँ

आइतबार, पुस ११ २०७८
माओवादी महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने- राष्ट्रघाती भन्नेले एमसीसी पढेका त छन्?

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले एमसीसी आफूले अध्ययन गरेको र त्यसमा आफूले कतै पनि राष्ट्रघात नदेखेको बताए।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती नभएको भन्दै सम्झौता पारित गर्नुपर्ने बताएका छन्। 

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले एमसीसी आफूले अध्ययन गरेको र त्यसमा आफूले कतै पनि राष्ट्रघात नदेखेको बताए।

‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुनेँ। राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो। मैले पढ्दा त कतै पनि राष्ट्रघात देखिनँ त’ देउवाले भने।

उनले आफू राष्ट्रियता र प्रजातन्त्रका लागि संघर्ष गरेर आएको प्रधानमन्त्री भएकोले राष्ट्रघाती सम्झौता हुन नदिनेमा सचेत रहेको पनि बताए।

विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागु हुने उनले बताए। उनले दलहरूबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने पक्षमा आफू रहेको सुनाए।

'म पनि नेपालको प्रधानमन्त्री हुँ, म नेपाल राष्ट्रको खिलाफमा जाउँला? म पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो। राष्ट्रघाती सन्धि किन गरुँला? एमसीसी नेपालको हितमा छ। सित्तै आएको पैसा हो यो। यसमा व्यापक छलफल गरेर सहमति गरेर हामी पास गराउने छौँ’ उनले भने। 


प्रकाशित : आइतबार, पुस ११ २०७८१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend