शनिबार, साउन १२ गते २०८१    
images
images
images

ग्लोबल आईएमई बैंकद्वारा अधिकांश बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्नेगरी 'डिजिटल युनिभर्स' सञ्चालनमा

images
मंगलबार, जेठ २९ २०८१
images
images
ग्लोबल आईएमई बैंकद्वारा अधिकांश बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्नेगरी 'डिजिटल युनिभर्स' सञ्चालनमा
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ।

images
images

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ।

images

बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ। 

यस्तै ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरु पनि वेबसाइटबाटै अनलाइन प्रदान गर्ने बैंकले जनाएको छ।

images

ग्राहकहरुले यस बैंकको वेबसाइटमा रहेको 'डिजिटल युनिभर्स' मा गइ वा 'डिजिटल युनिभर्स डट जीआईबीएल डटकम डट एनपी'मा मा सिधै क्लिक गरी उल्लेखित सेवाहरु आफ्नो अनुकुलमा प्रयोग गर्न सक्नेछन्।

बैंकले केहिदिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको थियो। जसमा चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिनजस्ता अत्याधुनिक मेसिनहरु रहेका बैंकले जानकारी दिएको छ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुलाई अनलाइनमार्फत नवीनतम बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल युनिभर्स सार्वजनिक गरेको हो। आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ। डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ।

ग्लोबल आईएमई बैंकको डिजिटल युनिभर्स नेपाली बैंकिङ क्षेत्रमा नवीन प्रयास रहेको बैंकले जनाएको छ। यसले हाम्रो बैंकिङ क्षेत्र तथा मुलुकको समग्र डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको अपेक्षा छ।


प्रकाशित : मंगलबार, जेठ २९ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend