शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

images
सोमबार, जेठ २८ २०८१
images
एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स
images
images

काठमाडौं- चालु आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १६ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ।

images
images
images

चालु आवमा चैत मसान्तसम्ममा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको थियो। बैशाख महिनासम्ममा १९.२ प्रतिशतले बढ्दै ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

images
images

अमेरिकी डलरमा भने १७.१ प्रतिशतले बढ्दै ९ अर्ब २ करोड डलर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

images
images

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ७४ हजार ८ सय ८७ पुगेको छ भने २ लाख ३७ हजार ८ सय ९३ ले पुन: श्रम स्वीकृति लिएका छन्। 

गत आर्थिक वर्षको तुलनामा अन्तिम श्रम स्वीकृति लिने र पुन:श्रम स्वीकृत लिनेको संख्यामा कमी आएको छ। गत वर्षको यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख २१ हजार २ सय ७९ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ३८ हजार ९ सय ७६ रहेको थियो। 


प्रकाशित : सोमबार, जेठ २८ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend