बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड

images
सोमबार, जेठ २८ २०८१
images
सुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड

दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्ससहितका विशेषता उपलब्ध छन्।

images
images

काठमाडौं- सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ। 

images
images
images

कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ। जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई८ मोडल नेपाली बजारमा उपलब्ध छन्। 

images
images

यस क्याम्पमा भने कम्पनीले एई६ प्लस र एई६ प्लस एलआरलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ। क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुट पाइने छ। यसका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुनेछ। 

images
images

दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्ससहितका विशेषता उपलब्ध छन्। 

जीहो एई६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा छ। यसमा १.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ। एई६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री छ, जसको अधिकतम रेन्ज १ सय ६० किलोमिटर रहेको छ। 

यी स्कुटरमा जीहो राइड एप्सको सहायताले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन्। जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटरभन्दा फरक रहेको दाबी कम्पनीले गरेको छ। 

यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, ६ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन्। 

जीहोका यी मोडलहरुमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ। 


प्रकाशित : सोमबार, जेठ २८ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend