शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अघि बढ्दै २ सय १० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको काम

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २७ २०८१
अघि बढ्दै २ सय १० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको काम

एउटा अडिट सुरुङ एक सय ३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ।

बझाङ- नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ। तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको २ सय १० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ।

विद्युत् प्राधिकरण चैनपुर सेती जलविद्युत् आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले तीनवटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको छ।

एउटा अडिट सुरुङ एक सय ३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ। साथै एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको छ।

चार वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ। प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। 

छवटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले तीनवटाको निर्माण भइरहेको जनाएको छ। अहिले अडिट नं तीन, अडिट नं छ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनियर रोशन खड्काले जानकारी दिए। उनका अनुसार चार सय ५० मिटर लम्बाइको अडिट नं ३ मा सबैभन्दा बढी एक सय ३० मिटर सुरुङ खनिएको छ।

'बीचमा कुनै अवरोध नआए पाँच वर्षमा छवटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप एक वर्षमा बाँधलगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौँ', उनले भने।

चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनियर लोकेन्द्र कार्कीले बताए। उनले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा एक दिनमा एक मिटरसम्म खन्ने गरेको बताए। उनले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा एक मिटर हुन्छ भने माटो बढी भएको ठाउँमा दिनमा पाँच मिटरसम्म पनि काटिने गरेको बताए। रासस


प्रकाशित : आइतबार, जेठ २७ २०८११०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend