शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आजदेखि यामाहाको एक्सचेन्ज मेला 

आइतबार, पुस ११ २०७८
आजदेखि यामाहाको एक्सचेन्ज मेला 

काठमाडौं- आज (पुस ११) देखि यामाहाले देशभरका सोरुमहरुमा एक्सचेन्ज मेला आयोजना गरेको छ। नयाँ वर्ष २०२२ को उपलक्ष्यमा ग्राहकहरुको सुविधाका लागि एक्सचेन्ज मेला आयोजना गरिएको कम्पनीले जनाएको छ। 

जापानी मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले पुस ११ देखि १६ गतेसम्मका लागि एक्सचेन्ज मेला आयोजना गरेको हो। ‘नयाँ वर्षमा यामाहाको एफआई प्रविधिसहितको नयाँ मोटरसाइकल चढौं’ भन्ने नाराका साथ एक्सचेन्ज मेला सुरु भएको छ। 

यो मेलामा ७ हजार नगद छुट पक्का पाइने र त्यसमा एसोसिरिजहरु समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यस्तै जुनसुकै ब्रान्डको, जस्तो सुकै कन्डिसनमा रहेको पुरानो मोटरसाइल ल्याएर यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरेर लान सकिने छ। पुराना मोटरसाइकलको अन्यत्र गरिएको वा त्यही गरिएको मूल्यांकनमा थप १० हजार रुपैयाँ पाइने छ।

त्यस्तै कम्पनीले यो एक्सचेन्ज मेलामा शून्य प्रतिशत व्याजमा फाइनान्सको सुविधा उपलब्ध गराउने छ। यामाहाका एफजेड सिरिजका मोटरसाइकल, डर्ट मोटरसाइकल, विभिन्न मोडलका स्कुटर नेपाली बजारमा उपलब्ध रहेका छन्। यामाहा एमटी १५, रेजेडआर स्ट्रिट र्‍याती १२५ एफआई, फसिनाे १२५ एफआई, एनम्याक्स १५५, एफजेड भीथ्रीलगायत माेडल धेरै रुचाइएकामा पर्छन्। 


प्रकाशित : आइतबार, पुस ११ २०७८०५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend