बुधबार, कात्तिक ७ गते २०८१    
images
images

हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २५ २०८१
images
images
हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा

ललितपुरको टीकाभैरवदेखि तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम गरिएको छ।

images
images

बागमती- कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौं जोड्ने सडक आज शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक आज बिहानबाट पूर्णरुपमा सञ्चालनमा आएको हो। 

images
images
images

सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका-२ रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुङ्गामाटो धेरै झरी सडकसमेत भाँसिएपछि बन्द रहेको सडक मर्मतसम्भारपश्चात् पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

गत बैशाख १६ गतेदेखि बिहान ९ बजेदेखि अपराह्न १२ बजेसम्म र राति ६ बजेदेखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको उक्त सडक आजदेखि पूर्णरुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।  

images

ललितपुरको टीकाभैरवदेखि तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम गरिएको छ।

images

यस्तै थानकोट-चित्लाङ सडकखण्ड असार २० गतेसम्म दैनिक पाँच घण्टा बन्द रहने छ। 

सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको भन्दै सो सडक दैनिक बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म पूर्णरुपमा बन्द गरेको हो। सो सडक निर्माणका लागि बिएसपी/जयश्री महालक्ष्मी जेभीसँग सम्झौता भएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११९:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend