आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

बिहीबार , जेठ २४ २०८१
प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदी पनि प्रतितोला २५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलाकै एक लाख ४४ हजार रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यो साता लगातार दुईदिन घटेर मंगलबार कीर्तिमानी बिन्दुमा पुगी बुधबार पुन: ओरालो लागेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर पुन: रेकर्ड बिन्दुमा पुगेको हो।

बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार तीनसय रूपैयाँ निर्धारण गरिएको छ।

यो साता आइतबार सुनको मूल्य प्रतितोला दुईसय र सोमबार प्रतितोला एक हजार रूपैयाँले घटेको थियो भने मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार तोलामा पाँचसय रूपैयाँले घटेर प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँ कायम थियो।

बुधबार प्रतितोला ३५ रूपैयाँले घटेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला एक हजार ८ सय २५ रूपैयाँ मूल्य तोकिएको चाँदी बिहीबार प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता सोमबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य मंगलबार प्रतितोला २५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बिहीबार , जेठ २४ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend