बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

ओलीले सोधे - एमसीसीबारे व्यक्तिगत कुरा गरेर हुँदैन, सरकारको धारणा के हो?

images
शनिबार, पुस १० २०७८
images
ओलीले सोधे - एमसीसीबारे व्यक्तिगत कुरा गरेर हुँदैन, सरकारको धारणा के हो?

'एमसीसीका विषयमा व्यक्तिगत रुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।'

images
images

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताएका छन्।

images
images
images

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, 'एमसीसीका विषयमा व्यक्तिगत रुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।'

images
images

सत्ता साझेदार दलबीच नै एमसीसीबारे सहमति जुट्न नसकिरहेका बेला अध्यक्ष ओलीले सरकारको धारणा आउनुपर्ने बताएका हुन्। केही नेताले यकीन धारणा नराखिदिँदा एमसीसीबारे सहमति जुट्न सकेको छैन।

images
images

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सर्वदलीय बैठकमार्फत एकै धारणा बनाउने प्रयासमा रहे पनि निष्कर्ष निस्किन सकेको छैन। 

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान दिनेछ। त्यसमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ। 


प्रकाशित : शनिबार, पुस १० २०७८०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend